भारतको उत्तर प्रदेशमा गुडिरहेको रेलमा एक यात्रुलाई कुटपिट गरेको भिडिओ भाइरल भएपछि भारतीय रेलवेले यात्रा टिकट परीक्षक (टीटीई) लाई निलम्बन गरेको छ।
यसको जानकारी रेलमन्त्री अश्विनी वैष्णवले पनि दिएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो दुर्व्यवहारमा शून्य सहनशीलता छ। टीटीई निलम्बन गरिएको छ।’
एक्समा कारबाहीबारेमा जानकारी दिँदै, उत्तर पूर्वी रेलवेले लेखेको छ, ‘घटनाको तत्काल संज्ञान लिँदै सम्बन्धित टीटीईलाई तत्काल प्रभावबाट निलम्बन गरिएको छ।’
उत्तर पूर्वी रेलवेले आफ्नो पोस्टमा निलम्बन आदेशको प्रतिलिपि पनि जारी गरेको छ, जसमा यो लेखिएको छ, ‘टीटीई प्रकाश लखनऊ जंक्शनसँग सम्बद्ध छ।’
यस्तो छ भाइरल भिडिओ-
— North Eastern Railway (@nerailwaygkp) January 18, 2024घटना का त्वरित संज्ञान लेते हुए, सम्बन्धित टी टी इ को तत्काल प्रभाव से निलंबित कर दिया गया है। pic.twitter.com/l3Bx5LIaEP
बिहीबार सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भएको थियो, जसमा टीटीईले ट्रेनमा बसेका यात्रुलाई निर्ममतापूर्वक कुटिरहेको देखिन्छ।
यो भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आइरहेका छन् र मानिसहरूले विरोध गरिरहेका छन्।
लखनऊ जंक्शनका डीआरएमले पनि टीटीईलाई निलम्बन गरिएको र उनीविरुद्ध अनुसन्धान सुरु गरिएको बताएका छन्।
Shares

प्रतिक्रिया