ad ad

ग्लोबल


अदालतमा बयान दिए लगत्तै इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन

अदालतमा बयान दिए लगत्तै इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन

नेपालखबर
असार ३, २०७६ मंगलबार ३:३९,

कायरोको एक अदालतमा बेहोस भएर लडेका इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन भएको छ।

मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मुर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित थिए।

मुस्लिम ब्रदरहुडका एकजना प्रवक्ताले मुर्सीलाई उपचार सेवा उपलब्ध नगराउँदा उनको निधन भएको बताएका छन्।

जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस भएका थिए।

सन् २०१२ मा निर्वाचित भएको एक वर्षपश्चात् इजिप्टको सेनाले उनलाई अपदस्थ गरेयता उनी जेलमा थिए।

उनलाई एकान्त कारावासमा राखिएको थियो। उनका परिवार तथा वकिललाई पनि उनीसँग कमै भेट गर्न दिइन्थ्यो।

अरब जगतमा भएको जनप्रदर्शनहरूपश्चात् सन् २०१२ मा मोर्सीको उदय भएको थियो।

बाहिरको आवाज सुन्न नसकिने साउन्डप्रुफ सिसाको पिँजडाभित्रबाट उनले पाँच मिनेट बयान दिएका थिए। उनले अदालती कारबाहीमा बाधा नपुर्‍याउन् भनेर त्यस्तो पिँजडामा राखिएको बताइएको थियो।

उनको मृत्युको कारण तत्काल बताइएको छैन। तर प्रारम्भिक रिपोर्टमा उनको शरीरमा चोटपटक नभएको जनाइएको छ।

उनका छोराले मुर्सीको शवलाई परिवारिक चिहानस्थलमा गाड्न अधिकारीहरूले अनुमति नदिएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .