अमेरिकाले बुधबार साँझ इरानमा फेरि आक्रमण सुरु गरेको छ।
अमेरिकी सेन्टकमले बुधबार इरानका सैन्य कमान्ड सेन्टर, वायु रक्षा स्थल, क्षेप्यास्त्र तथा ड्रोन प्रतिष्ठान र तटीय निगरानी स्टेसनमा हमला गरिएको जनाएको छ।
आक्रमणको भिडिओ
U.S. Central Command (CENTCOM) said it concluded an evening wave of military strikes against targets in Iran at approximately 9:00 p.m. ET on July 15.
According to CENTCOM, the strikes targeted command centers, air defense sites, missile and drone capabilities, and coastal… pic.twitter.com/RH8BcE3KEd — AZ Intel (@AZ_Intel_) July 16, 2026
अमेरिकाका अनुसार हमला हर्मुज स्ट्रेटबाट आउजाउ गर्ने व्यावसायिक जहाज र तिनका चालकलाई धम्की दिने इरानको क्षमतालाई समाप्त गर्ने उद्देश्यले गरिएको हो।
इरानले बहराइन र कुवेतलगायत यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डामा आक्रमण गरेपछि अमेरिकाले पनि फेरि हमला गरेको हो।
इरानका प्रमुख वार्ताकार तथा संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले सरकारी सञ्चारमाध्यमसँग भनेका छन्, ‘यदि सम्झौताको कुनै फाइदा छैन भने इरानले यसको पालना गर्नुपर्ने कुनै कारण छैन।’
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराननलाई "राम्रो व्यवहार गर्न’ चेतावनी दिएका छन्।
ट्रम्पले बुधबार पत्रकारसँग भनेका छन्, ‘उनीहरू (इरान) सम्झौता गर्न चाहन्छन्। उनीहरूलाई हाम्रो दृष्टिकोण मन पर्दैन। अब हामी उनीहरूसँग सम्झौता गर्ने कि नगर्ने भन्ने निर्णय गर्नेछौँ।’
Shares

प्रतिक्रिया