गत अप्रिलमा युद्धविराम भएको दुई महिनापछि इरान र इजरायलबिच फेरि लडाइँ सुरु भएको छ।
आइतबार राति इरानले इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।
इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले यसलाई इजरायलले हेजबुल्लाहविरुद्ध लेबनानमा गरेको हमलाको जवाफ भनेको छ।
इजरायलका नेभाटिम र टेल नोफ हवाई अड्डामा हमला गरिएको दाबी आईआरजीसीले गरेको छ।
त्यसको प्रतिक्रियामा इजरायली सेनाले पश्चिमी र मध्य इरानमा रहेका सैन्य अड्डाहरूमा हमला गरेको हो।
इरानको समाचार एजेन्सी आईआरएनएका अनुसार तेहरान, तब्रिज र इस्फहानमा धेरैवटा विस्फोट भएका छन्।
आईआरजीसीले इजरायलले हावाबाट प्रहार गर्न सकिने ब्यालिस्टिक मिसाइल हानेको दाबी गरेको छ।
आक्रमणमा के कति क्षति भए भन्ने विषयमा अहिलेसम्म कुनै विवरण आइसकेको छैन।
438
Shares

प्रतिक्रिया