इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका थप भाग कब्जा गर्न सेनालाई निर्देशन दिएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार नेतन्याहुले प्रारम्भिक लक्ष्य प्यालेस्टिनी भूभागको ७० प्रतिशत नियन्त्रणमा लिनु हो।
यो कदम इजरायल र हमासबिच अक्टोबर २०२५ मा भएको युद्धविराम सम्झौताविपरीत मानिन्छ।
गाजाका नागरिक यसअघि नै तटको निकै सानो क्षेत्रमा सीमित भएका छन्।
इजरायलले गाजा पट्टीको लगभग ६४ प्रतिशत भूभाग पहिले नै नियन्त्रणमा लिएको अनुमान गरिएको छ।
२०२३ मा दक्षिणी इजरायलमा हमासले आक्रमण गरेपछि सुरु भएको युद्धले दुई वर्षमा उक्त सानो तटीय क्षेत्रका धेरै भाग ध्वस्त पारेको छ।
72
Shares

प्रतिक्रिया