ग्लोबल


१६० जना सवार एयर इन्डियाको विमान दिल्ली अवतरण गर्दै गर्दा इन्जिनमा आगो लाग्यो

१६० जना सवार एयर इन्डियाको विमान दिल्ली अवतरण गर्दै गर्दा इन्जिनमा आगो लाग्यो

एयर इन्डियाको जहाज। (फाइल फोटो)


नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १०:३५, काठमाडौँ

भारतको बेंगलुरुबाट राजधानी दिल्ली आइरहेको एयर इन्डियाको जहाज एआई२८०२ को इन्जिनमा बिहीबार साँझ आगो लागेको छ। 

यद्यपि विमान दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ। विमानमा १६० यात्रु थिए।

एयर इन्डियाले विज्ञप्ति जारी गरी भनेको छ, ‘दिल्लीमा अन्तिम अवतरणका क्रममा ककपिट चालक दलले इन्जिनमा आगलागी भएको संकेत पाएका थिए। चालक दलले सबै मानक सञ्चालन प्रक्रिया पालना गरे र विमानलाई दिल्ली विमानस्थलमा सुरक्षित रूपमा अवतरण गराए। सबै यात्रु र चालक दल सुरक्षित छन् र सामान्य रूपमा विमानबाट बाहिर निस्किएका छन्।’

एयर इन्डियाले घटनाबारे तुरुन्तै अनुसन्धान थालिने पनि बताएको छ। अनुसन्धान सम्बन्धित नियामक अधिकारीहरूसँगको समन्वयमा गरिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad