ग्लोबल


२२८ जनाको ज्यान गएको विमान दुर्घटनामा एयर फ्रान्स र एयरबस दोषी ठहर

२२८ जनाको ज्यान गएको विमान दुर्घटनामा एयर फ्रान्स र एयरबस दोषी ठहर

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १९:५९,

२२८ जनाको ज्यान जानेगरी २००९ मा भएको विमान दुर्घटनामा अदालतले एयर फ्रान्स र एयरबसलाई दोषी ठहर गरेको छ। पेरिस पुनरावेदन अदालतले यी दुई कम्पनीलाई कर्पोरेट हत्यामा दोषी ठहर गरेको हो।

रियो दि जेनेरियोबाट पेरिस उडेको सो जहाज आन्ध्र महासागरमा खसेको थियो। दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो। विमानको ब्ल्याक बक्स २०११ मा फेला परेको थियो।

अप्रिल २०२३ मा तल्लो अदालतले उनीहरुलाई उन्मुक्ति दिएको थियो। तर, पुनरावेदन गरिएको थियो। 

अदालतले मारिएका प्रतिव्यक्ति २ लाख २५ हजार युरो क्षतिपूर्ति तिर्न आदेश दिएको छ। पीडित परिवारहरूले यसलाई सांकेतिक सजाय भनेका छन्।

तर, यी दुई कम्पनीको प्रतिष्ठालाई भने यो फैसलाले असर गर्नेछ। एयरबस र एयर फ्रान्स दुवैले आरोप अस्वीकार गर्दै आएका छन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad