अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा ह्वाइट हाउसकी प्रवक्ता बनेकी क्यारोलिन लेविटले आफूलाई दोस्रो सन्तान प्राप्त भएको बिहीबार घोषणा गरेकी छन्।
ह्वाइट हाउसका इतिहासमा सबैभन्दा कान्छो प्रेस सेक्रेटरी २८ वर्षीय लेविटले एक्समार्फत मे १ मा दोस्रो सन्तान जन्माएको जानकारी दिएकी हुन्।
उनले लेखेकी छन्, ‘उनी उत्तम र स्वस्थ छन् र उनका दाइले बहिनी बोकेर आनन्द लिइरहेका छन्। हामी खुसी छौँ।’
ट्रम्पका प्रवक्ता लेविटले आफ्नी छोरीलाई छातीमा बोकेको तस्बिर पोस्ट गरेकी छन्। लेविटले अप्रिल २४ मा सुत्केरी बिदा लिने घोषणा गरेकी थिइन्।
ह्वाइट हाउसले लेविटलाई प्रतिस्थापन गरेको आधिकारिक जानकारी गराएको छैन। तर विदेशमन्त्री मार्को रुबियोले यस हप्ताको सुरुमा प्रवक्ताको अनुपस्थितिमा उनले गरिरहेको रिपोर्टिङलाई निरन्तरता दिएका थिए।
Shares

प्रतिक्रिया