फ्रान्सको ढुवानी समूहले होर्मुज स्ट्रेट पार गर्ने क्रममा आफ्नो एउटा जहाजमा आक्रमण गरिएको बताएको छ।
फ्रान्सको ढुवानी कम्पनी सीएमए सीजीएमले मे ५ मंगलबार आफ्नो जहाज सान एन्टोनियोलाई होर्मुज स्ट्रेट पार गर्ने क्रममा निसाना बनाइएको जनाएको छ।
आक्रमणबाट जहाजमा क्षति हुनाका साथै चालक दलका केही सदस्य घाइते भएका छन्।
कम्पनीले विज्ञप्ति जारी गरी चालक दलका घाइते सदस्यहरूलाई जहाजबाट बाहिर निकालेर उपचार गरिएको बताएको छ।
यद्यपि कम्पनीले आक्रमण कसले गरेको हो भनेर उल्लेख गरेको छैन।
तर इरानले यसअघि नै अनुमतिबिना होर्मुज स्ट्रेट पार गर्ने जहाजमा हमला गरिने बताएको थियो।
204
Shares

प्रतिक्रिया