वैदेशिक रोजगार विभागले अनुमित बिनै सामाजिक सञ्जालमा विज्ञापन गर्ने मेनपावर कम्पनीलाई कारवाही गरेको छ। लाइसेन्स नम्बर १०२२/२०६८/०६९ भएको एशोसिएट वेलकम इन्टरनेशनल प्रालिलाई विभागले २ लाख रुपैयाँ जरिवाना गरेको हो।
सो कम्पनीलाई विभागको पूर्व स्वीकृतिबिना सामाजिक सञ्जालमा विज्ञापन नगर्न पनि सचेत गराएको छ।
अरु दुई वटा मेनपावर पनि कारवाहीमा परेका छन्। मास ह्युमन रिसोर्स प्रालि र टेस्ला ओभर्सिसलाई विभागको अभिलेखमा रहने गरी सचेत गराएको हो।
यी कम्पनीहरुलाई वैदेशिक रोजगारले ऐन २०६४ बमोजिम कारवाही भएको हो।

48
Shares

प्रतिक्रिया