ग्लोबल


दिल्ली विमानस्थलबाट उड्नै लाग्दा स्विस एयरलाइन्सको जहाजमा आगो लाग्यो

दिल्ली विमानस्थलबाट उड्नै लाग्दा स्विस एयरलाइन्सको जहाजमा आगो लाग्यो

नेपालखबर
बैशाख १३, २०८३ आइतबार १३:२, काठमाडौँ

दिल्ली विमानस्थलबाट उड्न लाग्दा स्विस एयरलाइन्सको जहाजमा आगो लागेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार स्विस एयरलाइन्सको एलएक्स१४७ विमान शनिबार राति १:०८ बजे उड्नै लाग्दा त्यसको एउटा इन्जिनमा आगो लागेको हो। त्यसपछि पाइलटले विमान तुरुन्तै रोकेका थिए। 

अधिकारीहरूका अनुसार धावनमार्गमा आपत्‌कालीन स्लाइड प्रयोग गरेर सबै यात्रुलाई बाहिर निकालिएको थियो। यस क्रममा ६ यात्रु घाइते भएका छन्।

विमान स्विट्जरल्यान्डको जुरिच जानुपर्ने थियो। स्विस एयरको उक्त विमानमा जम्मा २३२ यात्रु र १३ जना चालक दलका सदस्य थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad