ग्लोबल


लेबननमा हेजबुल्लाहको हमलाबाट घाइते फ्रान्सेली सैनिकको मृत्यु

लेबननमा हेजबुल्लाहको हमलाबाट घाइते फ्रान्सेली सैनिकको मृत्यु

लेबननमा खटिएका शान्ति सैनिक (फाइल फोटो)


नेपालखबर
बैशाख १०, २०८३ बिहिबार ५:३२, काठमाडौँ

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले लेबननमा संयुक्त राष्ट्रसंघीय मिसनमा खटिएका अर्का फ्रान्सेली सिपाहीको मृत्यु भएको बताएका छन्।

उनका अनुसार हेज्बुल्लाह लडाकुको आक्रमणबाट गम्भीर घाइते भएका सैनिक कर्पोरल एनिस गिरार्डिनको बुधबार मृत्युु भएको हो।

राष्ट्रपति म्याक्रोनले एक्समा विज्ञप्ति जारी गरी भनेका छन्, 'कर्पोरल एनिस गिरार्डिनलाई स्वदेश फिर्ता ल्याइएको थियो र बुधबार उनको मृत्यु भयो।'

यसअघि शनिबार दक्षिणी लेबननमा रहेको संयुक्त राष्ट्रसंघीय मिसन युनिफिलमा तैनाथ एक फ्रान्सेली सैनिक पनि गोली प्रहारबाट मारिएका थिए। 

फ्रान्सका राष्ट्रपति म्याक्रोनले आक्रमण हेज्बुल्लाहले गरेको आरोप लगाएका छन्। तर इरान-समर्थित सशस्त्र समूह हेजबुल्लाहले हमला आफूले नगरेको दाबी गरेको छ।

यस्तै लेबननमा अन्य दुई शान्ति सैनिक घाइते भएका छन्।

म्याक्रोनले युद्धविरामलाई समर्थन गर्दै हेज्बुल्लाहलाई हतियार राख्न र इजरायललाई लेबननको सार्वभौमसत्ताको सम्मान गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad