रुसको सरकारी स्वामित्वमा रहेको आणविक ऊर्जा कम्पनी रोजाटोमका प्रमुख एलेक्सी लिखाचेभले इरानबाट संवर्धित युरेनियम ढुवानीमा रुसले सहयोग गर्न सक्ने बताएका छन्।
बीबीसी फारसीका अनुसार यो जानकारी औद्योगिक प्रकाशन ‘स्ट्राना रोजाटोम’ को टेलिग्राम च्यानलमा प्रकाशन गरिएको छ।
एलेक्सीले भनेका छन्, ‘प्राविधिक कठिनाइबाहेक अमेरिका र इरानबिच भविष्यमा हुने कुनै पनि सम्झौतामा विश्वासको कुरा सबैभन्दा महत्त्वपूर्ण छ।’
उनले अगाडि भनेका छन्, ‘यस विषयमा इरानसँग राम्रो सहयोगको अनुभव रुससँग मात्र छ। हामीले पहिले २०१५ मा इरानको अनुरोधमा संवर्धित युरेनियम ढुवानी गरेका थियौँ र हामी आज पनि मद्दत गर्न तयार छौँ।’
दुई दिनअघि मात्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका थिए, ‘इरान लगभग ४४० किलोग्राम संवर्धित युरेनियम दिन सहमत भएको छ।’
तर इरानको विदेश मन्त्रालयका प्रवक्ताले उक्त दाबी अस्वीकार गरेका छन्।
Shares

प्रतिक्रिया