ग्लोबल


युद्धविरामपछि पनि लेबननमा भीषण हमला, इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

युद्धविरामपछि पनि लेबननमा भीषण हमला, इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

युद्धविरामपछि होर्मुज स्ट्रेटबाट यात्रा गर्दै जहाज


नेपालखबर
चैत २६, २०८२ बिहिबार ५:३७, काठमाडौँ

अमेरिका-इरान युद्धविरामपछि पनि इजरायलले बुधबार लेबननका धेरै स्थानमा हवाई आक्रमण गरेको छ। जसमा परी २५४ जनाको मृत्यु भएको छ भने १ हजार १६५ जना घाइते भएका छन्। 

लेबननी नागरिक रक्षा टोलीका अनुसार बेरुत, बालबेक, हर्मेल, नाबाटिएह, एले जिल्ला, सिदोन र टायरमा भीषण हमला गरिएको हो। 

समाचार एजेन्सी एपीका अनुसार इजरायलले आक्रमण गरेपछि इरानले जलमार्ग होर्मुज स्ट्रेट पुनः बन्द गरेको छ।

यसअघि लडाकु समूह हेज्बुल्लाहले लेबननमा युद्धविराम लागु नभए सम्झौता तोडिने चेतावनी दिएको थियो।

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराममा ​हेज्बुल्लाह नसमेटिएको बताएका छन्।

तर इरानले अमेरिकालाई पठाएको दशबुँदे युद्धविराम योजनामा हेज्बुल्लाहविरुद्ध पनि आक्रमण बन्द गरिनुपर्ने उल्लेख थियो। 

यद्यपि इजरायलले हेज्बुल्लाहमाथि आक्रमण बन्द नगर्ने बताएको थियो।

करिब ४० दिनको युद्धपछि मंगलबार राति अमेरिका र इरानबिच दुई हप्ता युद्धविराम गर्ने सहमति भएको थियो।

युद्ध सदाका लागि अन्त्य गर्ने विषयमा शुक्रबार पाकिस्तानमा इरान र अमेरिकाका प्रतिनिधिबिच वार्ता हुने बताइएको छ। 

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले एक्समा लेखेका छन्, ‘म १० अप्रिल २०२६ शुक्रबार इस्लामाबादमा उनीहरूका प्रतिनिधिहरूलाई आमन्त्रण पनि गर्दछु ताकि सबै विवाद अन्त्य गर्दै अन्तिम सम्झौताका लागि थप वार्ता गर्न सकियोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad