बहराइनको ‘बीएपीसीओ इनर्जी’ले आइतबार इरानको आक्रमणले आफ्नो एउटा भण्डार ट्यांकमा आगो लागेको बताएको छ।
बीबीसी फारसीका अनुसार आक्रमणमा कुनै हताहतको रिपोर्ट भने आएको छैन।
कम्पनीले आगो नियन्त्रणमा लिइएको र क्षतिको आकलन भइरहेको बताएको छ।
‘बीएपीसीओ इनर्जी’ बहराइनको सबैभन्दा ठुलो तेल कम्पनीमध्ये एक हो।
यसअघि कुवेत सरकारले पनि इरानको ड्रोनले आफ्ना दुई पावर प्लान्ट र एउटा डिसेलिनेसन प्लान्टमा क्षति भएको बताएको थियो।
यसपछि ती प्लान्ट बन्द भएको कुवेत सरकारलाई उद्धृत गर्दै बीबीसी फारसी सेवाले जनाएको छ।
यसअघि भएका आक्रमणले कुवेतका सरकारी कार्यालय परिसरमा व्यापक क्षति भएको थियो भने पेट्रोलियम मन्त्रालयमा आगलागी भएको थियो।
192
Shares

प्रतिक्रिया