ग्लोबल


अफगानिस्तानमा भूकम्प, एकै परिवारका ८ जनाको मृत्यु

अफगानिस्तानमा भूकम्प, एकै परिवारका ८ जनाको मृत्यु

नेपालखबर
चैत २१, २०८२ शनिबार १३:१३, काठमाडौँ

अफगानिस्तानमा शुक्रबार राति ५.८ म्याग्निच्युडको भूकम्प गएको छ।

अफगान अधिकारीहरूका अनुसार भूकम्पमा कम्तीमा ८ जनाको मृत्यु भएको छ।

अफगान स्वास्थ्य मन्त्रालयका अनुसार भूकम्पका कारण राजधानी काबुलको बाहिरी इलाकामा घर भत्किँदा एकै परिवारका ८ जनाको मृत्यु भएको हो। साथै एक बालक घाइते पनि भएका छन्।

१८० किलोमिटरभन्दा बढी गहिराइमा गएको भूकम्पको धक्का पाकिस्तानसम्म महसुस गरिएको थियो।

पाकिस्तानका इस्लामाबाद, पेसावर, चित्राल, स्वात र साङ्लामा पनि भूकम्पको धक्का महसुस गरिएको हो। तर त्यहाँ घाइते वा क्षति भएको खबर अहिलेसम्म आएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad