युरोप र उत्तर अमेरिकी देशहरूको सैन्य गठबन्धन 'उत्तर एट्लान्टिक सन्धि संगठन' (नेटो) का प्रमुख मार्क रुटले अर्को हप्ता वासिङ्टन भ्रमणमा डोनाल्ड ट्रम्पलाई भेट्ने भएका छन्।
अमेरिकी सेनालाई बेसहरूमा पहुँच सीमित गरेको र स्ट्रेट अफ होर्मुज खोल्ने प्रयासको नेतृत्व गर्न अस्वीकार गरेको भन्दै ट्रम्पले नेटो सदस्यहरूको आलोचना गरेको समाचार आइरहेका बेला यो भेटवार्ता तय भएको हो।
नेटोका अनुसार रुटले अप्रिल ८ मा ट्रम्पसँग भेट गर्नेछन् र विदेशमन्त्री मार्को रुबियो र रक्षा प्रमुख पिट हेगसेथलाई पनि भेट्ने कार्यक्रम छ।
नेटो गठबन्धन प्रमुख रुटले अप्रिल ९ मा रोनाल्ड रेगन प्रेसिडेन्सियल फाउन्डेसन इन्स्टिच्युटमा सम्बोधन गर्नेछन्।
गत वर्ष राष्ट्रपति पदमा फर्केदेखि संकटको शृृंखलाबिच अमेरिकाका राष्ट्रपतिलाई सँगै राख्न सक्ने क्षमताका लागि नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री रुटलाई ट्रम्पका निकटस्थ भएको बताउने गरिएको छ।
ट्रम्पले युरोपेली देशहरूलाई रक्षा खर्च बढाउन सहमत गराएर नेटोलाई बलियो बनाएको दाबी रुटले गर्ने गरेका छन्।
Shares

प्रतिक्रिया