गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भारतले गरेको नेपाली भूमि अतिक्रमणका विरुद्ध हस्ताक्षर संकलन अभियान शुरु गरेको छ। लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विरोधमा विश्वभर छरिएर रहेका नेपालीले भारतलाई दबाब दिन हस्ताक्षर संकलन गर्न लागेका हुन्। हस्ताक्षर अभियान आजदेखि शुरु भएको छ।
विश्वभरबाट संकलन गरिएको हस्ताक्षर यही जेठ २३ गते काठमाडौंस्थित भारतीय दूतावासमा बुझाइने संघले जनाएको छ। यही जेठ १८ गतेसम्म अनलाइनबाट हस्ताक्षर गर्न सकिनेछ।
संकलन गरिएको हस्ताक्षर जेठ १७ गते सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावास, मिसन तथा सम्बन्धित निकायमा बुझाइने संघको सूचना–सञ्चार तथा प्रशाशन समितिले जनाएको छ। रासस
3
Shares

प्रतिक्रिया