ग्लोबल


बहराइनमा अमेरिकी कम्पनी अमेजनमा इरानले गर्‍यो आक्रमण

बहराइनमा अमेरिकी कम्पनी अमेजनमा इरानले गर्‍यो आक्रमण

नेपालखबर
चैत १८, २०८२ बुधबार २१:५१, काठमाडौँ

इरानले बुधबार बहराइनमा रहेको अमेरिकी कम्पनी अमेजन वेब सर्भिसेजको डेटा सेन्टरमा आक्रमण गरेको छ।

रोयटर्सका अनुसार, बहराइनको आन्तरिक मन्त्रालयले घटनाको पुष्टि गरेको छ। 

आक्रमणले अमेजनको क्लाउड कम्प्युटिङ अपरेसनमा क्षति भएको छ।

बहराइनको आन्तरिक मन्त्रालयले कम्पनीमा लागेको आगो निभाइएको बताएो छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले एक दिनअघि मात्र मध्यपूर्वमा रहेका अमेरिकी कम्पनीहरू माइक्रोसफ्ट, गुगल र एप्पललाई निसाना बनाइने चेतावनी दिएको थियो।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा हवाई हमला गरेयता युद्ध जारी छ। बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार/अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गरेका कारण एक महिनाभन्दा बढी समयदेखि मध्यपूर्व द्वन्द्वमय बनेको छ। 

जसमा परी अहिलेसम्म मारिएकाको संख्या ४ हजार ५०० नाघिसकेको छ। मारिएका मानिसमा सबैभन्दा बढी इरानका छन्।

कहाँ कति जना मारिए?

इरान : अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरानका अनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म इरानमा ३ हजार ४ सय ९२ जना मारिइसकेका छन्। जसमा १ हजार ५ सय ७४ जना सर्वसाधारण नागरिक छन् भने कम्तीमा २ सय ३६ जना बालबालिका छन्।

इजरायल : इजरायली एम्बुलेन्स सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार इजरायलमा मिसाइल आक्रमणमा परी अहिलेसम्म १९ जना मारिएका छन्। साथै लेबननमा नौ जना इजरायली सैनिक मारिएको इजरायली सेनाले जनाएको छ।

लेबनन : लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार फेब्रुअरी २८ देखि अहिलेसम्म लेबननमा १ हजार २ सय ४७ जना मारिएका छन्, जसमा १२४ जना बालबालिका छन्। 

खाडी क्षेत्र : खाडी देशहरूमा हालसम्म कम्तीमा २४ जना मारिएका छन्, जसमध्ये धेरैजसो सुरक्षा बलका सदस्य वा विदेशी कामदार छन्। यीमध्ये ११ जना संयुक्त अरब इमिरेट्स (यूएई) मा र ७ जना कुवेतमा मारिएका हुन्। अनि ओमान, साउदी अरेबिया र बहराइनमा दुई-दुई जना मारिएको पुष्टि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad