ग्लोबल


साउदी एयर बेसमा दुई टुक्रा अमेरिकी सैन्य विमान: वास्तविकता के हो?

साउदी एयर बेसमा दुई टुक्रा अमेरिकी सैन्य विमान: वास्तविकता के हो?

नेपालखबर
चैत १६, २०८२ सोमबार १४:८, काठमाडौँ

साउदी अरेबियाको एक हवाई अड्डा (एयर बेस) मा अमेरिकी सैन्य विमान ध्वस्त भएको छ।

जसको तस्बिर सबैभन्दा पहिले अमेरिकाकै सैन्य समाचार पोस्ट गर्ने फेसबुक पेजमा सेयर गरिएको थियो। जसमा ई-३ सेन्ट्री विमान दुई टुक्रा भएको देखिन्छ। 

तस्बिर रियादबाट लगभग १०० किलोमिटर दक्षिणपूर्वमा अवस्थित प्रिन्स सुल्तान एयर बेसको भएको पुष्टि भएको बीबीसीले जनाएको छ। 

यस विषयमा अमेरिकी केन्द्रीय कमान्डले भने अहिलेसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।

तर शुक्रबार एक अमेरिकी अधिकारीले रोयटर्सलाई बताएअनुसार इरानको आक्रमणमा १२ अमेरिकी सैनिक घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ। 

वाल स्ट्रिट जर्नलका अनुसार कम्तीमा दुईवटा अमेरिकी इन्धन भर्ने विमानमा पनि क्षति भएको छ।

त्यसो त आइतबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) सम्बद्ध फार्स समाचार एजेन्सीले पनि साहेद ड्रोनले ई-३ विमानलाई निसाना बनाइएको दाबी गरेको थियो।

विमानबारे अरू के के पत्ता लाग्यो?

मार्च ११ मा स्याटेलाइट तस्बिरमा सोही स्थानमा ई-३ विमान देखिएको तर त्यही विमान हो कि होइन भन्ने कुरा स्पष्ट नभएको बीबीसीले उल्लेख गरेको छ। 

प्रमाणित तस्बिरमध्ये एकमा विमानको टेल नम्बर पनि देखिएको छ। यसका आधारमा उडान ट्र्याकिङ वेबसाइट फ्लाइटरडार२४ मा चेक गर्दा विमान मार्च १८ मा हवाई अड्डाकोनजिकै उडेको पत्ता लागेको छ।

शुक्रबार लिइएको उपग्रह तस्बिरमा ई-३ विमानबाट लगभग १,६०० मिटर पूर्वमा रहेको हवाई अड्डाको एप्रोन क्षेत्रमा आगो लागेको देखिन्छ। तर त्यो यो विमान नष्ट गर्ने आक्रमणकै अंश हो कि होइन भन्ने कुरा स्पष्ट छैन।

फेब्रुअरी १७ मा बीबीसी भेरिफाइले फ्लाइटरेडार२४ को डेटाका आधारमा दुई ई-३ सेन्ट्री अवाक्स विमान बेलायतको मिल्डेनहल एयर फोर्स स्टेसनमा आइपुगेको पुष्टि गरेको छ।

कस्तो हो अवाक्स विमान?

बोइङ ई-३ अवाक्स (एयरबोर्न वार्निङ एन्ड कन्ट्रोल सिस्टम) बोइङ ७०७ विमानमा आधारित छ र यसको पुच्छरमा घुम्ने राडार डिस्क हुन्छ, जुन यसको विशिष्ट पहिचान हो।

यो राडार लामो दूरीसम्म सम्भावित लक्ष्य पत्ता लगाउन र निगरानी गर्न सक्षम हुन्छ, जसले युद्धका बेला समयमै खतरा पत्ता लगाउन मद्दत गर्छ। 

अमेरिकी वायुसेना वेबसाइटका अनुसार यो विमानले हवाई अपरेसन कमान्डरहरूलाई जानकारी दिन्छ, जसले उनीहरूलाई हवाई युद्ध नियन्त्रण गर्न मद्दत गर्छ। 

बीबीसीको एक रिपोर्टअनुसार अवाक्सले आधुनिक युद्धको समयमा जमिन र हवाई निगरानी प्रणाली (वायु रक्षा कार्य) का लागि अनुकूल वातावरण सिर्जना गर्छ, जसलाई सामान्यतया हवाई निगरानी प्रणाली भनिन्छ।

यसको सहयोगबाट हवाई आक्रमण सुरु वा रोक्ने काम गरिन्छ। 

यसलाई एयरबोर्न वार्निङ एन्ड कन्ट्रोल सिस्टम भनिन्छ, जुन जमिन निगरानी सम्भव नभएका क्षेत्रमा प्रयोग गरिन्छ।

पहिलोपटक सन् १९७७ मा सेवामा प्रवेश गरेको यो विमान सन् २०३५ सम्म अमेरिकी वायुसेनामा सक्रिय रहने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad