अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेना लामो समयदेखि खोजी भइरहेको इरानको ‘लक्ष्य’मा प्रहार गर्न सफल भएको दाबी गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानमा एक ठुलो दिन। हाम्रो महान् सेनाले धेरै लामो समयदेखि खोजिएको लक्ष्य नष्ट गर्यो। हाम्रो सेना संसारकै सबैभन्दा राम्रो र शक्तिशाली छ। ईश्वरले तपाईं सबैलाई आशीर्वाद दिऊन्।’
तर ट्रम्पले आफ्नो पोस्टमा अमेरिकी सेनाले आक्रमण गरेको इरानी लक्ष्य कुन हो भनेर खुलाएका छैनन्।
यसअघि आइतबार उनले आफू इरानको तेल कब्जा गर्न चाहिरहेको र त्यसका लागि खार्ग टापु पनि नियन्त्रणमा लिनुपर्ने हुन सक्ने बताएका थिए।
330
Shares

प्रतिक्रिया