ग्लोबल


विश्वकै ठुला स्मेल्टर कारखानामध्ये एक 'आल्मुनियम बहराइन'मा आक्रमण

विश्वकै ठुला स्मेल्टर कारखानामध्ये एक 'आल्मुनियम बहराइन'मा आक्रमण

नेपालखबर
चैत १५, २०८२ आइतबार १३:४१, काठमाडौँ

विश्वको सबैभन्दा ठुलो स्मेल्टर (धातु गलाउने) कारखानामध्ये एक 'आल्मुनियम बहराइन'मा आक्रमण गरिएको छ। 

बहराइनस्थित कम्पनी आल्मुनियम बहराइनले शनिबार इरानको आक्रमणमा परी आफ्ना दुई कर्मचारीलाई सामान्य चोटपटक लागेको बताएको छ।

कम्पनीले भनेको छ, ‘क्षतिको मूल्यांकन जारी छ। हाम्रा जनता र राष्ट्रको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो।’

यस महिनाको सुरुमा आल्मुनियम बहराइनले आफ्ना तीन रिडक्सन लाइन बन्द गरेको थियो, जुन यसको कुल उत्पादन क्षमताको १९ प्रतिशत हो।

ऊर्जा ढुवानी गर्ने स्ट्रेट अफ होर्मुज बन्द भएपछि कम्पनीले उक्त निर्णय गरेको हो। 

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले शनिबार आल्मुनियम बहराइन र यूएईको एमिरेट्स ग्लोबल आल्मुनियमलाई निसाना बनाइएको बताएको छ। 

इरानका दुई स्टिल प्लान्टमा भएको आक्रमणको बदलामा उक्त हमला गरिएको उसको भनाइ छ। 

यूएईको कम्पनीले शनिबार प्लान्टमा ‘ठुलो क्षति’ भएको पुष्टि गरेको छ। साथै आक्रमणमा धेरै जना कामदार घाइते पनि भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad