अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी १० दिन (अप्रिल ६ सम्म) आक्रमण नगर्ने वाचा गरे पनि इजरायलबाट निरन्तर हमला भइरहेको इरानले बताएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायलले देशका दुई ठुला स्टिल प्लान्ट, एउटा पावर प्लान्ट र नागरिक आणविक साइटलगायत संरचनामा आक्रमण गरिएको बताएका छन्।
उनले एक्समा लेखेका छन्, ‘इजरायलले अमेरिकासँगको सहकार्यमा यो आक्रमण गरेको दाबी गरेको छ। यो आक्रमण राष्ट्रपति (ट्रम्प) ले थपेको (आक्रमण स्थगनको) समयविरुद्ध हो।’
उनले थप लेखेका छन्, ‘इजरायलले आफ्नो अपराधको ठुलो मूल्य चुकाउनुपर्नेछ।’
अमेरिकाका राष्ट्रपति ट्रम्पले शुक्रबार मात्र आगामी १० दिनसम्म इरानका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने बताएका थिए।
तर त्यसको २४ घण्टाभित्रै इरानमा आक्रमण गरिएको हो।
साथै आज इजरायली सेनाले इरानको अराक हेभी वाटर न्युक्लियर प्लान्टमा पनि आक्रमण गरेको बीबीसीले जनाएको छ।
तर घटनामा कोही पनि हताहत नभएको इरानको आणविक ऊर्जा एजेन्सीले जनाएको छ।
Shares

प्रतिक्रिया