इजरायलको आक्रमणमा अली लारिजानी मारिएपछि इरानले नयाँ सुरक्षा प्रमुख नियुक्त गरेको छ।
मोहम्मद बागेर जोल्घादरलाई इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को नयाँ सचिव नियुक्त गरिएको हो।
बीबीसी फारसीका अनुसार इरानको राष्ट्रपति कार्यालयका सञ्चार तथा सूचना उपप्रमुख सय्यद मोहम्मद मेहदी तबताबाईले एक्समार्फत नियुक्तिको पुष्टि गरेका हुन्।
उनका अनुसार 'यो निर्णय इरानको सर्वोच्च नेताको राय र अनुमतिमा' गरिएको हो।
अब जोल्घादरले मार्च १६ मा आफ्नी छोरीको घरमा इजरायलको आक्रमणमा मारिएका अली लारिजानीको जिम्मेवारी सम्हाल्नेछन्।
ब्रिगेडियर जनरल जोल्घादर रिभोलुसनरी गार्डका कमान्डरमध्ये एक हुन्।
जोल्घादर आठ वर्ष आईआरजीसी ज्वइन्ट स्टाफ प्रमुख र आठ वर्ष इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको उपकमान्डर प्रमुख थिए।
153
Shares

प्रतिक्रिया