ग्लोबल


बेलातयलाई इरानको चेतावनी: अमेरिकालाई सैन्य अड्डा प्रयोग गर्न दिए 'हमलामा संलग्न' मानिनेछ

बेलातयलाई इरानको चेतावनी: अमेरिकालाई सैन्य अड्डा प्रयोग गर्न दिए 'हमलामा संलग्न' मानिनेछ

नेपालखबर
चैत ७, २०८२ शनिबार ५:४१, काठमाडौँ

इरानले बेलायतलाई अमेरिकालाई आफ्नो सैन्य अड्डा प्रयोग गर्न दिए त्यसलाई ‘आक्रमणमा संलग्न भएको’ मानिने चेतावनी दिएको छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले बेलायतका विदेशमन्त्री यभेट कुपरसँग फोन संवाद गरी अमेरिकालाई प्रदान गर्ने कुनै पनि सहयोगले ‘परिस्थितिलाई अझ बिगार्ने’ बताएका हुन्। 

इरानको विदेश मन्त्रालयले शुक्रबार जनाएकअनुसार त्यस क्रममा अराघचीले बेलायत र अन्य युरोपेली देशहरूले वर्तमान अवस्थामा ‘पक्षपाती व्यवहार’ अपनाएको आरोप लगाए।

इरानको साउथ पार्स ग्यास फिल्डमा इजरायलले गरेको आक्रमणको निन्दा नगरेकामा विदेशमन्त्री अराघचीले बेलायतको आलोचना गरेको पनि बताइएको छ।

बेलायत सरकारबाट भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad