अमेरिका र इजरायलले अब इरानका ऊर्जा प्रतिष्ठानमा हमला गर्न गर्न थालेका छन्।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बद्ध समाचार एजेन्सी 'तस्निम' का अनुसार इरानको साउथ पार्स ग्यास फिल्डमा रहेको पेट्रोकेमिकल कम्प्लेक्समा हवाई आक्रमण भएको छ।
साउथ पार्स विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास फिल्ड हो, जहाँ इरान र कतारले आआफ्ना प्लान्ट सञ्चालन गर्छन्। 'तस्निम'का अनुसार आक्रमण बुधबार भएको हो।
फार्स समाचार एजेन्सीले पनि तेस्रो, चौथो, पाँचौँ र छैटौँ चरणमा केही ग्यास भण्डार र पूर्वाधारलाई निसाना बनाइएको उल्लेख गरेको छ।
बीबीसी फारसीका अनुसार असालुयेहका गभर्नर इस्कन्दर पासालरले भने, ‘शत्रुको आक्रमणले साउन पार्सका धेरै भागमा असर गरेको छ।’
रिपोर्टअनुसार आक्रमणपछि कामदारहरूलाई सुरक्षित स्थानमा सारिएको छ। उद्धार र अग्नि नियन्त्रक टोलीले आगो निभाइरहेका छन्।
Shares

प्रतिक्रिया