ग्लोबल


पश्चिम एसिया युद्धका कारण युक्रेनमा मिसाइल अभाव

पश्चिम एसिया युद्धका कारण युक्रेनमा मिसाइल अभाव

नेपालखबर
चैत ४, २०८२ बुधबार १४:४६, काठमाडौँ

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेनेस्कीले पश्चिम एसियामा भइरहेको युद्धका कारण युक्रेनले मिलाइल अभाव सिर्जना हुने बताएका छन्। 

बीबीसीसँगको विशेष अन्तर्वार्तामा उनले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका–इजरायल र इरानबीच भइरहेको युद्ध अझ लम्बियोस भन्ने चाहिरको विश्लेषण गरेका छन्।

यो युद्ध लम्बिएमा अमेरिकी स्रोतहरू अन्यन्त्र मोडिदा युक्रेनलाई कमजोर बनाउन सकिने पुटिनको विश्वास रहेको जेलेनेस्किको विश्लेषण छ। जेलेनेस्कीले प्याट्रोइट मिसाइलको कमी ‘सुनिश्चित’ भएको दाबी गर्दै उनले यो ठूलो चुनौती भएको बताएका छन्।

के त्यसो भए ‘मध्यपूर्व९पश्चिम एसिया०मा रहेका सबै भण्डार सकिन्छरु’ विविसिसँगको अन्र्तवार्तामा उनले भनेका छन्, ‘अमेरिकाले प्रत्येक महिना करिब ६०–६५ वटा मिसाइल उत्पादन गर्छ। यसको मतलब वर्षमा ७००–८०० जति मिसाइल बन्छ। तर मध्यपूर्व युद्धको पहिलो दिनमै ८०३ वटा मिसाइल प्रयोग भयो।’

यो युद्धका कारण युक्रेनले मिसाइलको अभाव तथा उर्जा अभाव खेप्नुपर्ने भन्दै उनले यसबाट सरासर पुटिनलाई फाईदा पुगिरहेको विश्लेषण गरेका छन्। उनले भने, ‘पुटिनका लागि इरानमा लामो युद्ध फाइदाजनक हो। यसले ऊर्जाको मूल्य बढाउँछ र अमेरिकी भण्डार तथा उत्पादन क्षमता घटाउँ। त्यसैले हामी (युक्रेन) सँग स्रोतको कमी भइरहेको छ।’

पश्चिम एसियाको युद्धलाई लिएर बेलायतका प्रधामन्त्री केयर स्टार्मर र अमेरिकन राष्ट्रपति ट्रम्पबीच मतभिन्नता बढेको प्रति चिन्ता व्यक्त गर्दै जेलेनेस्किले दुबै जनालाई एक ठाउँमा बसेर साझा धारणा बनाउन पनि सुझाब दिएका छन्। 

ट्रम्पले इरानसँगको युद्धमा बेलायतले साथ नदिएको भन्दै स्टार्मरको आलोचना गरिरहेका छन्। पश्चिम एशिायामा देखिएको द्वन्द्वले युक्रेन युद्धमा निक्कै नराम्रो अवस्था उत्पन्न भइरहेको उल्लेख गर्दै उनले यसैको कारण रूससँगको शान्तिवार्ता निरन्तर पछि सरिरहेको बताएका छन्।
 
अहिले तेस्रो हप्तामा पुगेको यस द्वन्द्वमा इरानले अमेरिका र इजरायलका आक्रमणको प्रतिशोधमा छिमेकी देशहरूमा आक्रमण गरिरहेको छ। उनले रूस र युक्रेनबीचको युद्धमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प कसैको पनि पक्षमा नलागेको बताएका छन्। उनले ट्रम्प युक्रेनका कारण पुटिनलाई ‘चिढ्याउने’ पक्षमा नरहेको पनि बताएका छन्। 

बिबिसिसँगको लामो अन्तर्वार्तामा उनले रूस र युक्रेनबीचको युद्धमा राष्ट्रपति ट्रम्पले कसैको पक्ष लिन नचाहेको स्पष्ट पार्दै बरु उनले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्न खोजेको विश्लेषण गरेका छन्।

उनले भनेका छन् ‘ट्रम्प यो युद्ध अन्त्य गर्न चाहन्छन्, तर उनले पुटिनसँग नजिकको संवाद राख्ने रणनीति अपनाएका छन् र उनलाई नचिढ्याउने नीति लिएका छन्, किनकि युरोपले पहिले नै उनलाई चिढ्याई सकेको छ। पुटिन युरोपसँग कुरा गर्न इच्छुक छैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad