इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमा फेरि आक्रमण भएको छ।
समाचार एजेन्सीहरू एएफपी र रोयटर्सले आक्रमणको रिपोर्ट स्थानीय समयअनुसार बुधबार बिहान अमेरिकी दूतावासमा हमला गरिएको हो।
रिपोर्टमा दूतावासनजिकै विस्फोटको आवाज सुनिएको उल्लेख छ।
अमेरिकी दूतावास अत्यधिक सुरक्षित 'ग्रिन जोन'मा छ, जहाँ धेरै कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थाहरूको कार्यालयहरू छन्।
अमेरिका, इजरायल र इरान बीचको युद्ध सुरु भएदेखि, अमेरिकी अड्डाहरूमा धेरै आक्रमणहरू भएका छन्।
अमेरिका र इजरायले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरी त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोन/क्षेप्यास्त्र प्रहार गर्ने क्रम जारी राखेपछि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
इरानका अनुसार इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।
Shares

प्रतिक्रिया