विश्वकै व्यस्त पर्यटकीय तथा व्यापारिक हब दुबई अन्तर्राष्ट्रिय विमानस्थल (डीएक्सबी) मा ड्रोन आक्रमण भएपछि अवरुद्ध बनेको उडान सेवा सुरु भएको छ। विमानस्थल नजिकैको इन्धन ट्याङ्कीलाई लक्षित गरी सोमबार बिहान ड्रोन प्रहार भएपछि सुरक्षाका कारण करिब ७ घण्टा उडान ठप्प पारिएको थियो।
इन्धन डिपोमा भएको उक्त आक्रमणपछि भिषण आगलागी भएको थियो। दुबई सिभिल डिफेन्सको टोलीले झन्डै दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो।
आगलागी र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अधिकारीहरूले सबै उडान र अवतरण रोकेका थिए, जसका कारण विश्वभरका हजारौँ यात्रुहरू बीचबाटोमै अलपत्र छन्।
कतारको अन्तर्ष्ट्रिय मिडिया अल जजिराका अनुसार स्थिति पूर्ण नियन्त्रणमा आएपछि र आवश्यक सुरक्षा जाँच पूरा भएपछि उडानहरू क्रमशः सुचारु गरिएको हो। दुबई विश्वकै प्रमुख उड्डयन केन्द्र भएकाले केही घण्टाको अवरोधले पनि सयौँ वायुसेवा कम्पनी र कनेक्टिङ फ्लाइटहरू प्रभावित भएका छन्।
खाडी क्षेत्रमा बढ्दो तनावका बीच भएको यो घटनापछि विमानस्थल क्षेत्रको सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
Shares

प्रतिक्रिया