स्विट्जरल्यान्डले अमेरिकी सेनाका लागि आफ्नो हवाई क्षेत्र दिन अस्वीकार गरेको छ।
अमेरिकाले आफ्ना सेनाका लागि हवाई क्षेत्र उपलब्ध गराउन गरेको अनुरोध स्विट्जरल्यान्डले अस्वीकार गरेको हो।
किनकि यो माग इरानमा युद्ध गर्नका लागि आएको स्विस सरकारले विज्ञप्तिमा उल्लेख गरेको छ।
आफ्नो ‘तटस्थता कानुन’का आधारमा यो निर्णय गरिएको स्विट्जरल्यान्डले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘जुन कानुनले द्वन्द्वरत पक्षलाई सैन्य उद्देश्य पूरा गर्न ओभरफ्लाइट (हवाई क्षेत्रको प्रयोग) को अनुमति दिँदैन।’
यद्यपि तीन अन्य उडानका लागि भने आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिइएको पनि स्विस सरकारले जनाएको छ। किनकि ती उडान अन्य प्रयोजनका लागि थिए।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता द्वन्द्व जारी छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
यतिबेला मध्यपूर्व द्वन्द्वग्रस्त भएको छ।
Shares

प्रतिक्रिया