ग्लोबल


ट्रम्पको दाबी: साउदीमा ५ अमेरिकी विमान ध्वस्त पारिएको खबर झुटो

ट्रम्पको दाबी: साउदीमा ५ अमेरिकी विमान ध्वस्त पारिएको खबर झुटो

नेपालखबर
चैत १, २०८२ आइतबार ७:११, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँचवटा अमेरिकी ट्याङ्कर विमान गम्भीर रूपमा क्षतिग्रस्त भएको रिपोर्टलाई खारेज गरेका छन्।

ट्रम्पले दाबी गरेका छन्, 'फेरि एकपटक फेक न्युज मिडियाले जानाजानी गलत शीर्षक प्रकाशन गरेका छन्।'

मिडिया रिपोर्टहरूले ती अमेरिकी विमान साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा रहेको र हमलामा परेको दाबी गरेका छन्।

तर ट्रम्पले सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, 'केही दिनअघि बेसमा आक्रमण गरिएको थियो, तर विमानहरू न त गोली हानेर खसालिएका थिए न त नष्ट गरिएका थिए। पाँचमध्ये चारलाई लगभग केही भएन र सेवामा फर्किसकेका छन्।'

उनले थप लेखेका छन्, 'एउटा विमानमा सामान्य क्षति भएको थियो, तर यो पनि चाँडै उडान गर्नेछ। कुनै पनि विमान नष्ट भएनन्।'

यसैबिच ट्रम्पले स्ट्रेट अफ होर्मुज 'कुनै पनि हालतमा' खोल्न आह्वान गरेका छन्। यसका लागि उनले धेरै देशहरूलाई त्यहाँ आफ्ना युद्धपोत पठाउन अपिल गरेका छन्।

उनले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतको नामै लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad