समाज


गोरखामा गाडी दुर्घटना: मृतक सबै भारतीय

गोरखामा गाडी दुर्घटना: मृतक सबै भारतीय

नेपालखबर
चैत १, २०८२ आइतबार ७:३३, काठमाडौँ

शनिबार राति गोरखामा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने सबै भारतीय नागरिक भएको खुलेको छ। 

मनकामना दर्शन गरेर फर्केका यात्रु सवार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस गएराति गोरखाको सहिद लखन गाउँपालिका-३ कान्टारमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो। 

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भरतबहादुर बिकका अनुसार दुर्घटनामा परेर अन्य सात जना गम्भीर घाइते भएका छन्।

माइक्रोमा सवार १४ जनामध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरु सबै भारतीय नागरिक भएका बिकले बताए।

मृतक ५ जना पुरुष र २ जना महिला छन्। घाइते सात जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

गाडी अनियन्त्रित भएर सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। 

गाडीका चालक र सहचालकबाहेक सबै भारतीय नागरिक हुन्। मृतकहरुको सनाखत हुन बाँकी छ।

दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गुल्म गोरखाबाट सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो। त्यस्तै, जिल्ला प्रहरी कार्यालय, गोरखाको टोली पनि उद्धारमा खटिएको थियो। 

शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad