अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आज इरानमा ठुलो आक्रमण हुने दाबी गरेका छन्।
उनले इरानका नयाँ सर्वोच्च नेतालाई पनि चेतावनी दिएका छन्।
पेन्टागनका पत्रकारहरूसँग कुरा गर्दै हेग्सेथले भने, 'आज इरानमा ठुलो आक्रमण हुनेछ। सबैभन्दा धेरै लडाकु विमान, सबैभन्दा धेरै बमवर्षक र सबैभन्दा धेरै आक्रमण। गुप्तचर पहिलेभन्दा बढी सटीक र राम्रो छ।'
हेग्सेथले अगाडि भने, 'इरानी सरकार द्रुत गतिमा आणविक बम बनाउन खोजिरहेको छ, तर राष्ट्रपति डोनाल्ड ट्रम्पले यो हुन दिने छैनन्।'
उनले इरानका नयाँ सर्वोच्च नेतालाई ट्रम्पको सन्देशलाई ध्यान दिन चेतावनी दिएका छन्।
उनल थपे, 'र, आणविक हतियार बनाउने प्रयास नगर्नु बुद्धिमानी हुनेछ।'
474
Shares

प्रतिक्रिया