अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले बिनासर्त आत्मसमर्पण नगरेसम्म कुनै पनि सम्झौता सम्भव नभएको बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, 'इरानसँग कुनै पनि सम्झौता तब मात्र सम्भव हुनेछ जब उसले बिनासर्त आत्मसमर्पण गर्छ। एक महान् र स्वीकार्य नेता चयनपछि हामी हाम्रा बहादुर सहयोगी र साथीसँग मिलेर इरानलाई बर्बादबाट बाहिर निकाल्न लगनशीलताका साथ काम गर्नेछौँ।'
उनले अगाडि लेखेका छन्, 'हामी इरानलाई पहिलेभन्दा ठुलो, राम्रो र आर्थिक रूपमा बलियो बनाउनेछौँ। इरानको भविष्य उज्ज्वल हुनेछ। इरानलाई फेरि महान् बनाऊ।'
यसअघि इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफू 'स्थायी शान्ति' स्थापना गर्न तयार रहेको बताएका थिए, तर उनले आफ्नो 'अधिकार' रक्षा गर्न नहिचकिचाउने पनि बताएका थिए।
Shares

प्रतिक्रिया