बहराइनले इरानबाट प्रहार गरिएका ७५ क्षेप्यास्त्र र १२३ ड्रोन नष्ट गरेको दाबी गरेको छ।
बहराइन रक्षा बलले भनेको छ, ‘हामी इरानी आतंकवादी आक्रमणको निरन्तर सामना गरिरहेका छौँ।’
यस्तै बहराइन रक्षा बलले जनतालाई अत्यन्त आवश्यक नभएसम्म घरबाट बाहिर ननिस्कन अपिल पनि गरेको छ।
उसले अगाडि भनेको छ, ‘नागरिकहरूविरुद्ध क्षेप्यास्त्र र ड्रोनको प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानुनको ठाडो उल्लंघन र क्षेत्रीय शान्ति र सुरक्षाकै लागि खतरा हो।’
इजरायल र अमेरिकाले गत फेब्रुअरी २८ मा इरानमा हमला गरी त्यहाँका सर्वोच्च नेतासहित शीर्ष नेता तथा अधिकारी मारेयता मध्यपूर्वमा द्वन्द्व फैलिएको हो।
त्यसको बदलास्वरूप इरानले मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी अड्डाहरूलाई लक्ष्य गरी आक्रमण गरिरहेको छ।
60
Shares

प्रतिक्रिया