कारोबार


मध्यपूर्वका केही विमानस्थलबाट उडान सञ्चालन हुँदै, सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न यात्रुलाई आग्रह

मध्यपूर्वका केही विमानस्थलबाट उडान सञ्चालन हुँदै, सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न यात्रुलाई आग्रह

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १६:५८, काठमाडौँ

मध्यपूर्वका देशहरूबाट स्थगित रहेका हवाई उडान केही विमानस्थलबाट सञ्चालन हुने भएको छ।

सो क्षेत्रमा अलपत्र परेका तेश्रो मुलुक हुँदै नेपाल आउने ट्रान्जिट यात्रुहरूका लागि मध्यपूर्वस्थित केही विमानस्थलबाट नेपाल आउने र नेपालबाट सोही विमानस्थलसम्म मात्र जाने (कनेक्टिङ/ट्रान्जिट बाहेक) केही उडान सञ्चालन गरिने जानकारी प्राप्त भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले

नागरिक उड्डयन कार्यालयले मध्यपूर्वका हवाई यात्रुका लागि आज एक सूचना जारी गरी  सम्बन्धित वायुसेवाहरूसँग सम्पर्क गरी आफ्नो बुकिङ कन्फर्म गरे पश्चात मात्र विमानस्थलमा आउन आग्रह गरेको छ।

सूचनामा भनिएको छ, ‘मध्यपूर्व क्षेत्रमा हवाई उडान प्रतिवन्धका कारण अन्तराष्ट्रिय उडानहरु बन्द तथा रद्द भै रहेको परिप्रेक्ष्यमा केही वायुसेवाहरूले सो क्षेत्रमा अलपत्र परेका तेश्रो मुलुक हुँदै नेपाल आउने ट्रान्जिट यात्रुहरुका लागि मध्यपूर्व स्थित केही विमानस्थलबाट नेपाल आउने र नेपालबाट सोही विमानस्थलसम्म मात्र जाने (कनेक्टिङ/ट्रान्जिट बाहेक) केही उडान सञ्चालन गरिने जानकारी प्राप्त भएको हुदा मध्यपूर्वका देशहरु र सो देशहरुबाट ट्रान्जिट भै तेश्रो मुलुक यात्रा गर्ने हवाई यात्रुहरुले सम्वन्धित वायुसेवाहरूसँग समन्वय गरी आफ्नो बुकिङ कन्फर्म गरे पश्चात मात्र विमानस्थलमा आउनको लागि सम्बन्धित सबैलाई अनुरोध गरिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad