ग्लोबल


लेबननमा आक्रमण नगर्न इजरायललाई फ्रान्सको चेतावनी

लेबननमा आक्रमण नगर्न इजरायललाई फ्रान्सको चेतावनी

नेपालखबर
फागुन २०, २०८२ बुधबार १६:१६, काठमाडौँ

इजरायल र इरान समर्थित समूह हेजबुल्लाहबिच लेबननमा द्वन्द्व बढेको छ।

हेजबुल्लाहले लेबननबाट इजरायलतर्फ धेरैवटा रकेट प्रहार गरेको छ भने इजरायलले दक्षिणी लेबननमा आफ्ना सेना तैनाथ गरेको छ।

लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा धेरै जनाले ज्यान गुमाइसकेका छन्।

यसैबिच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले लेबननमा आक्रमण नगर्न इजरायललाई चेतावनी दिएका छन्।

भिडिओ सन्देश जारी गर्दै म्याक्रोनले भनेका छन्, 'हेजबुल्लाहले लेबननबाट इजरायलमा आक्रमण गरेर गम्भीर गल्ती गरेको छ। यसले लेबननी जनताको जीवनलाई खतरामा पारेको छ। इजरायल त्यहाँ स्थल आक्रमणको तयारी गरिरहेको छ। त्यसो गर्‍यो भने यो उत्तेजक कार्य र रणनीतिक भुल हुनेछ।'

उनलेे अगाडि भनेका छन्, 'हेजबुल्लाहले तुरुन्तै आक्रमण बन्द गर्नुपर्छ। म इजरायललाई पनि लेबननको सार्वभौमिकताको सम्मान गर्न अपिल गर्दछु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad