ग्लोबल


इजरायल र हेजबुल्लाह हानाहान जारी, ६० स्थानमा आक्रमण गरिएको दाबी

इजरायल र हेजबुल्लाह हानाहान जारी, ६० स्थानमा आक्रमण गरिएको दाबी

नेपालखबर
फागुन २०, २०८२ बुधबार ७:४३, काठमाडौँ

इजरायल रक्षा बल (आईडीएफ) ले इरान समर्थित समूह हेजबुल्लाहसँग सम्बन्धित लगभग ६० स्थानलाई निसाना बनाइएको बताएको छ।

'हतियार भण्डार, कमान्ड सेन्टर, मिसाइल लन्चर र थप आतंकवादी पूर्वाधारमा प्रहार गरियो', आईडीएफले विज्ञप्तिमा भनेेको छ।

हेजबुल्लाह र इजरायलबिच केही समयदेखि एकअर्काविरुद्ध आक्रमण जारी छ।

हेजबुल्लाहले स्थानीय समय अनुसार राति ८ बजे उत्तरी इजरायलको हाइफा नौसेना बेसलाई निसाना बनाएको दाबी गरेको छ।

इजरायली सेनाका अनुसार, धेरै क्षेप्यास्त्र प्रहार गरिएका थिए, तर तीमध्ये धेरैजसोलाई खसालियो।

एएफपीका एक पत्रकारका अनुसार, यसको केही घण्टापछि लेबननको राजधानी बेरुतमा ठुलो विस्फोट सुनिएको थियो।

यसअघि शनिबार इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेका थिए। त्यसबेलादेखि मध्यपूर्व युद्धमय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad