ग्लोबल


पाकिस्तान-अफगानिस्तान लडाइँ पनि जारी, ४०० भन्दा बढी अफगान लडाकु मारिएको दाबी

पाकिस्तान-अफगानिस्तान लडाइँ पनि जारी, ४०० भन्दा बढी अफगान लडाकु मारिएको दाबी

नेपालखबर
फागुन १८, २०८२ सोमबार १०:२२, काठमाडौँ

अफगानिस्तान र पाकिस्तानको सीमामा चार दिनदेखि हवाई आक्रमण र गोलाबारी जारी छ।

अफगानिस्तानको तालिबान सरकारले रावलपिन्डीस्थित पाकिस्तानको अति संवेदनशील नुर खान एयरबेसमा आक्रमण गरिएको दाबी गरेको छ।

एक तालिबान मन्त्रीले आफ्ना लडाकुहरू डुरन्ड रेखा पार गरेर पाकिस्तानी क्षेत्रमा प्रवेश गरेको दाबी गरेका छन्।

तालिबानका अनुसार क्वेटा र खैबर पख्तुनख्वामा रहेका सैन्य अड्डाहरूमा पनि आक्रमण गरिएको छ।

काबुल, बग्राम र अन्य क्षेत्रमा पाकिस्तानले गरेको हवाई आक्रमणको जवाफमा यो कारबाही गरिएको तालिबानले जनाएको छ। 

यसैबिच पाकिस्तानी सरकारले अहिलेसम्म ४०० भन्दा बढी अफगान लडाकु मारिएको दाबी गरेको छ। साथै सयौँ लडाकु घाइते भएको पाकिस्तानको भनाइ छ। 

तालिबानका अनुसार यी स्थानमा आक्रमण गरिएको हो:

-नुर खान एयरबेस

-बलुचिस्तानको क्वेटामा रहेको १२औँ कोरको मुख्यालय

-खैबर पख्तुनख्वाको मोहम्मद क्षेत्रमा रहेको सैन्य शिविर

पाकिस्तान र अफगानिस्तानबिच गत फेब्रुअरी २२ मा द्वन्द्व सुरु भएको हो। पाकिस्तानले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा हवाई हमला गरेपछि दुई देशबिच हानाहान जारी छ। 

पाकिस्तानका उपगृहमन्त्री तलाल चौधरीले सीमावर्ती क्षेत्रमा टीटीपी लुक्ने ठाउँविरुद्धको कारबाहीमा कम्तीमा ७० लडाकुहरू मारिएको दाबी गरे। पछि पाकिस्तानी पत्रिका डनले यो संख्या ८० पुगेको दाबी गरेको छ। जवाफमा अफगानिस्तानले फेब्रुअरी २७ मा पाकिस्तानमा आक्रमण गर्‍यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad