अमेरिका र इजरायलले गरेको आक्रमणको जवाफमा इरानले मध्यपूर्वमा रहेका २७ वटा अमेरिकी अड्डामा हमला गरिरहेको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले मिसाइल र ड्रोनले २७ अमेरिकी अड्डाका साथै टेल नोफ एयर बेस, इजरायली सैन्य मुख्यालय र तेल अभिभमा रहेको रक्षा उद्योगमा पनि आक्रमण गरिएको दाबी गरेको छ।
कतारको राजधानी दोहामा ११ वटा विस्फोट
कतारको राजधानी दोहामा धेरैवटा विस्फोट सुनिएका छन्।
मिडिया रिपोर्टले कम्तीमा ११ वटा विस्फोट भएको संकेत गरेका छन्।
विस्फोट के कारणले भयो वा के कति क्षति भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन।
यूएईमा १ मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विस्फोटमा ४ जना घाइते भएका छन्।
यस्तै अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा एकजना एसियाली नागरिक मारिएका छन् भने ७ जना घाइते भएको यूएई सरकारले जनाएको छ।
कतारमा १६ जना घाइते
कतारको गृह मन्त्रालयले इरानको आक्रमणबाट थप ८ जना घाइते भएको जानकारी दिएको छ।
योसँगै इरानी आक्रमणबाट अहिलेसम्म घाइते भएकाको कुल संख्या १६ पुगेको छ।
Shares

प्रतिक्रिया