ग्लोबल


इजरायल र अमेरिकाले आक्रमण गरेपछि इरानमा भागाभाग (तस्बिरहरू)

इजरायल र अमेरिकाले आक्रमण गरेपछि इरानमा भागाभाग (तस्बिरहरू)

शनिबार बिहान इजरायल-अमेरिकाले आक्रमण सुरु गरेपछि भागाभाग गरेका स्थानीय।


नेपालखबर
फागुन १६, २०८२ शनिबार १४:४२, काठमाडौँ

इजरायल र अमेरिकाले शनिबार संयुक्त रूपमा इरानमा सैन्य हमला सुरु गरेका छन्। 

राजधानी तेहरानसहित इरानका धेरै सहरमा हवाई आक्रमण गरिएको हो।

आक्रमण सुरु भएपछि तेहरानका मानिस भागाभाग गरेका तस्बिर सार्वजनिक भएका छन्। 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शनिबार इजरायलले गरेको आक्रमणमा आफ्नो देश पनि संलग्न रहेको बताएका छन्।

ट्रुथ सोसलमा पोस्ट गरिएको भिडिओमा ट्रम्पले अमेरिकाले इरानमा ‘ठुलो युद्ध अभियान’ सुरु गरेको उल्लेख गरेका छन्। 

ट्रम्पले भनेका छन्, ‘हामीले सम्झौता गर्न बारम्बार प्रयास गर्‍यौँ। हामी उनीहरूको क्षेप्यास्त्र नष्ट गर्नेछौँ र मिसाइल उद्योगलाई माटोमा मिलाइदिने छौँ।’

इरानमा शनिबार इजरायल-अमेरिकाले संयुक्त हवाई आक्रमण गर्दाका केही तस्बिर

तस्बिरहरू : रोयटर्स र बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad