ग्लोबल


अफगानिस्तान र पाकिस्तानबिच हानाहान, ५५ सैनिक र ७२ लडाकु मारिए (भिडिओ)

अफगानिस्तान र पाकिस्तानबिच हानाहान, ५५ सैनिक र ७२ लडाकु मारिए (भिडिओ)

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार ६:१५, काठमाडौँ

अफगानिस्तानले बिहीबार राति पाकिस्तानमा आक्रमण गरेको छ। तालिबान लडाकुहरूले कुनार प्रान्तमा हमला गर्दा ५५ जना पाकिस्तानी सैनिक मारिएको टोलो न्युजले जनाएको छ। 

अफगान सरकारले २३ पाकिस्तानी सैनिकको शव आफूसँग भएको दाबी गरेको छ। पाकिस्तानी सेनाको एक मुख्यालय र १९ चौकीहरू पनि कब्जा गरिएको छ।

अफगानिस्तानका उपप्रवक्ता हमदुल्लाह फित्रतले केही पाकिस्तानी सैनिकलाई जीवितै नियन्त्रणमा लिइएको बताएका छन् भने दर्जनौँ हतियार, एउटा ट्याङ्क र एउटा हार्वेस्टर कब्जा गरिएको छ।

पाकिस्तानी मिडियाका अनुसार, पाकिस्तानी सरकारले बदलामा अपरेसन गजब लिल हक सुरु गरेको छ। पाकिस्तानी वायुसेनाले काबुल र नान्गारहार प्रान्तसहित धेरै शहरमा हवाई हमला गरेको छ।

पाकिस्तानी सरकारले अहिलेसम्म ७२ अफगान तालिबान लडाकु मारिएको र १२० भन्दा बढी घाइते भएको दाबी गरेको छ। १६ वटा तालिबान चौकी ध्वस्त पारिएको छ भने सातवटा कब्जा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad