ग्लोबल


एपस्टिनको शव पोस्टमार्टममा सहभागी डाक्टरको दाबी: उनलाई घाँटी थिचेर मारिएको थियो

एपस्टिनको शव पोस्टमार्टममा सहभागी डाक्टरको दाबी: उनलाई घाँटी थिचेर मारिएको थियो

जेफ्री एपस्टिन


नेपालखबर
फागुन ३, २०८२ आइतबार १६:५९, काठमाडौँ

सन् २०१९ मा न्युयोर्क जेलमै मृत भेटिएका यौन अपराधका अभियुक्त अमेरिकी नागरिक जेफ्री एपस्टिनको मृत्युका विषयमा फेरि प्रश्न उठेको छ।

उनको शव पोस्टमार्टमा सहभागी फोरेन्सिक विज्ञ डा. माइकल बाडेनले एपस्टिनले आत्महत्या गरेको नभई घाँटी थिचेर उनको हत्या गरिएको दाबी गरेका हुन्। 

द टेलिग्राफलाई दिएको अन्तर्वार्तामा उनले घटनाको पुन: अनुसन्धान गरिनुपर्ने बताए। 

न्युयोर्कस्थित सरकारी चिकित्सा परीक्षकको कार्यालयले एपस्टिनले जेलमा आत्महत्या गरेको ठहर गरेको थियो।

तर डा. बाडेनले तथ्यका आधारमा मृत्युको कारण र तरिकाको पुनर्परीक्षण आवश्यक रहेको बताएका छन्।

उनका अनुसार पोस्टमार्टमको एडिटेड एक कपिमा ‘मृत्युको तरिका’ पहिले ‘पेन्डिङ’ देखाएको थियो र ‘आत्महत्या वा हत्या’ बक्स खाली थिए।

तर तत्कालीन प्रमुख चिकित्सा परीक्षक डाक्टर बारबरा स्याम्पसनले आत्महत्या घोषणा गरिन्। जबकि पोस्टमार्टमका बेला उनी थिइनन्।

एपस्टिन मृत फेला परेको जेलकोठा।

शव निकाल्ने प्रक्रिया पनि असामान्य थियो: डा बाडेन

आधिकारिक रिपोर्टअनुसार, एपस्टिनको गर्धनमा तीनवटा फ्र्याक्चर थिए- हाइइड हड्डी र थाइराइड कार्टिलेजमा।

डा. बाडेन दाबी गर्छन्, ‘मेरो ५० वर्षे अनुभवमा झुन्डिएर मरेका घटनामा यस्ता तीनवटा फ्र्याक्चर मैले देखेको छैन।’

उनी थप्छन्, ‘यस्ता फ्र्याक्चरले हत्याको संकेत गर्छन्।’

तर डा. स्याम्पसनले यस्ता फ्र्याक्चर आत्महत्या र हत्या दुवै घटनामा देखिने दाबी गरेकी थिइन्।

अमेरिकी सांसद भन्छिन्: वास्तविकता कल्पना गरेभन्दा भयावह

अमेरिकी सांसद लरेन बोएबर्टले असम्पादित दस्तावेजको समीक्षा गरेपछि स्तब्ध पार्ने कुरा खुलासा गरेकी छन्।

उनले भनिन्, ‘यस मुद्दामा अझै केही कुरा प्रकट हुन बाँकी छन्, जुन कल्पना गरेभन्दा धेरै भयावह छन्।’

उनले थपिन्, ‘दस्तावेजमा क्यानिबल रेस्टुरेन्ट र जर्की (मानव मासु) जस्ता कोड शब्द यसरी प्रयोग गरिएका छन् मानौँ यो सामान्य कुरा हो। क्यानिबल रेस्टुरेन्ट भन्नाले त्यस्तो रेस्टुरेन्ट हो जहाँ मानिसको मासु बेचिन्छ।’

मृत्युको अघिल्लो दिन ड्राफ्ट गरिएको थियो आधिकारिक बयान

एपस्टिनको मृत्युका विषयमा जारी आधिकारिक बयान उनको मृत्युको अघिल्लो दिन ९ अगस्ट २०१९ मा ड्राफ्ट गरिएको थियो।

यो कुरा अमेरिकाको न्याय विभागले भर्खरै जारी गरेका कागजातमा खुलासा गरिएको छ।

एपस्टिन २०१९ अगस्ट १० मा न्युयोर्कस्थित जेलमा मृत फेला परेका थिए।

अझै अनुत्तरित छन् यी यी प्रश्न

-हेरक ३० मिनेटमा अनिवार्य जाँच गरिने नियम भए पनि ड्युटीमा रहेका गार्डले धेरै घण्टासम्म किन घटनास्थलको निगरानी गरेनन्?

-केही क्यामेराले किन काम गरिरहेका थिएनन्?

-पछि घटनास्थलमा भेटिएको सुन्तला रङको लुगाको पासो एपस्टिनको मृत्युसँग किन मेल खाएन?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad