ग्लोबल


सिरियामा सैन्य हमला गरी अल-कायदाका नेता मारिएको अमेरिकाको दाबी

सिरियामा सैन्य हमला गरी अल-कायदाका नेता मारिएको अमेरिकाको दाबी

अमेरिकाले सिरियामा इस्लामिक स्टेटविरुद्ध आक्रमण गरिरहेको छ।


नेपालखबर
माघ ४, २०८२ आइतबार १५:२, काठमाडौँ

अमेरिकाले सिरियामा गरिएको सैन्य हमलामा अल-कायदाका नेता बिलाल हसन अल-जसिम मारिएको दाबी गरेको छ।

अमेरिकी अधिकारीहरूले उनको सम्बन्ध सिरियामा एम्बुसमा तीन अमेरिकीको हत्या गर्ने इस्लामिक स्टेट आतंककारीसँग रहेको दाबी गरेका छन्। 

अमेरिकी केन्द्रीय कमान्डले विज्ञप्ति जारी गरी अल-कायदाका नेता अल-जसिम शुक्रबार उत्तरपश्चिम सिरियामा भएको हमलामा मारिएको बताएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी र सिरियाली कर्मचारीहरूलाई मार्ने र घाइते बनाउने इस्लामिक स्टेट बन्दुकधारीसँग उनको सीधा सम्बन्ध थियो।’ 

तर यो दाबीलाई अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ। 

२०२५ डिसेम्बर १३ तारिख मध्य सिरियामा भएको आक्रमणमा तीन अमेरिकी मारिएयता अमेरिकाले इस्लामिक स्टेटविरुद्ध आक्रमण गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad