भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले रक्षा उत्पादन विभागमा कार्यरत लेफ्टिनेन्ट कर्नेल दीपक कुमार शर्मा र अर्का एक व्यक्तिलाई घुसखोरीको आरोपमा पक्राउ गरेको छ।
सीबीआईले लेफ्टिनेन्ट कर्नेल शर्मालाई बेंगलुरुस्थित कम्पनीबाट ३ लाख रुपैयाँ घुस लिएको आरोपमा शनिबार नियन्त्रणमा लिएको हो।
अनुसन्धान एजेन्सीका अनुसार, दीपक कुमार शर्माको दिल्लीस्थित घरको खानतलासीका क्रममा २.२३ करोड रुपैयाँ नगद बरामद भएको छ।
सीबीआईले लेफ्टिनेन्ट कर्नेल शर्मा र उनकी श्रीमती कर्नेल काजल बालीविरुद्ध मुद्दा दर्ता गरेको छ।
शर्मा रक्षा मन्त्रालयअन्तर्गत रक्षा उत्पादन विभागमा उप-योजना अधिकृतको रूपमा कार्यरत छन् भने उनकी श्रीमती कर्नेल काजल बाली राजस्थानको श्रीगंगानगरमा १६औँ पैदल सेना डिभिजन अर्डनेन्स युनिटको कमान्डिङ अफिसर हुन्।
Shares

प्रतिक्रिया