अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिच भन्ने ठाउँमा आइतबार गोली हानेर १५ जनाको हत्या गरिएपछि त्यहाँ अहिले त्रास र शोकको वातावरण छ।
हेर्नुहोस् ६ तस्बिर






न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले गोली लागेर १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृतकमा एक आक्रमणकारी पनि छन्।
प्रहरी आयुक्त माल लानियोनले आक्रमणकारीहरू बुबा र छोरा भएको बताए। बुबा साजिद अक्रम ५० वर्ष र छोरा नविद अक्रम २४ वर्षका छन्।
आठ बुँदामा अहिलेसम्म थाहा भएका कुरा:
-न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृतकमा एक आक्रमणकारी पनि छन्।
-प्रहरी आयुक्त माल लानियनले दुई बन्दुकधारी ५० वर्षीय बुबा र उनका २४ वर्षीय छोरा रहेको बताएका छन्। जसमध्ये प्रहरीको गोली बाबुको मृत्यु भइसकेको छ भने छोराको अवस्था गम्भीर छ।
-घटनास्थलमा रहेका प्रहरी अधिकारीहरूसहित ४२ जनालाई अस्पताल लगिएको छ।
-प्रहरीले ५० वर्षाका ती आक्रमणकारीसँग बन्दुकको इजाजतपत्र रहेको पाइएको बताएको छ। उनको नाममा दर्ता छवटा हतियार घटनास्थल बोन्डी बिचबाट बरामद भएका छन्।
-घटनास्थलमा दुई सक्रिय विस्फोटक पदार्थ फेला परेका थिए, जसलाई प्रहरीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।
-अधिकारीहरूले पश्चिमी सिड्नीको केम्प्सी र बोनिरिग क्षेत्रमा रातभर खोजतलास गरेका छन्।
-प्रहरीले सिड्नीमा यहुदी समुदायलाई थप सुरक्षा र सहयोग प्रदान गर्न ३२८ प्रहरी अधिकारी खटाइएको बताएको छ।
-प्रधानमन्त्री एन्थोनी अल्बानिजले आक्रमणको जवाफ दिन आवश्यक सबै स्रोत प्रयोग गरिने बताएका छन्।उनले अस्ट्रेलियाली समाजबाट यहुदीविरोधी भावनालाई जरैदेखि उखेल्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
Shares



प्रतिक्रिया