कोशी


सङ्खुवासभाको सिलिचोङमा आगलागी हुँदा ३० लाख बराबरको क्षति

सङ्खुवासभाको सिलिचोङमा आगलागी हुँदा ३० लाख बराबरको क्षति

नेपालखबर
मंसिर २८, २०८२ आइतबार २१:२, विराटनगर

सङ्खुवासभामा भएको आगलागी भएको छ। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ पेलुम्बामा आइतबार साँझ आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। 

साँझ करिब ५ः३० बजे पेलुम्बा निवासी नाग बहादुर राईको ढुङ्गा, माटो, काठ तथा फुसको छाना भएको दुई तले घरमा कोही नभएको अवस्थामा आगलागी भएको हो।  

आगलागीबाट घरभित्र रहेको काठ पात, अन्नपात, भाँडाकुँडा, सुन–चाँदी, नगद ५ लाख रुपैयाँ जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार, घर पूर्ण रूपमा जलेर नष्ट हुँदा अन्दाजी ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनामा कुनै मानवीय वा चौपाया क्षति भने नभएको जनाइएको छ।

स्थानीय बासिन्दाको सहयोगमा आगो साँझ ६ः१० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको सङ्खुवासभा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad