ग्लोबल


अमेरिकाले अब रुसलाई मान्ने छैन ‘प्रत्यक्ष खतरा’

अमेरिकाले अब रुसलाई मान्ने छैन ‘प्रत्यक्ष खतरा’

नेपालखबर
मंसिर २१, २०८२ आइतबार ११:४, काठमाडौँ

रुसले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति संशोधन गर्ने र रुसलाई ‘प्रत्यक्ष खतरा’ भन्न बन्द गर्ने निर्णयको स्वागत गरेको छ।

रुसको सरकारी समाचार एजेन्सी तासले आइतबार राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै उक्त यो कुरा जानकारी दिएको हो। 

सन् २०१४ मा क्रिमियाको विलय र २०२२ मा रुसले युक्रेनमा गरेको आक्रमणपछि अमेरिकी नीतिले निरन्तर रुसलाई प्रमुख खतराका रूपमा चित्रण गरिरहेको छ।

यद्यपि शुक्रबार जारी नयाँ अमेरिकी नीतिले भाषा नरम बनाएको र सीमित सहयोगका लागि आह्वान गरेको देखिन्छ। 

पेस्कोभका अनुसार संशोधित रणनीतिले रुसलाई ‘प्रत्यक्ष खतरा’ भन्ने शब्द हटाउँछ र अब रणनीतिक स्थिरताको मामिलामा सहयोगलाई जोड दिन्छ।

‘हामी यसलाई सकारात्मक कदम मान्छौँ’, उनले भने।

तर पेस्कोभले रुसले दस्तावेजको विस्तृत अध्ययन गरेपछि मात्र निष्कर्ष निकाल्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad