रुसका राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार भारतका राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट्न राष्ट्रपति भवन पुगे।
जहाँ उनको स्वागतका लागि राष्ट्रपति स्वयं र प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित थिए।
तर पुटिनले आफ्नो कारबाट ओर्लेपछि न राष्ट्रपति मुर्मुसँग हात मिलाए न प्रधानमन्त्री मोदीसँग।
कारबाट निस्केपछि पुटिनले टाउको हल्लाएर सबैलाई अभिवादन गरे। त्यसपछि राष्ट्रपतितिर फर्के तर उनी अचानक रोकिए र पछाडि फर्किए र अर्का मानिससँग हात मिलाए। त्यसपछि बल्ल उनले राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीसँग हात मिलाए।
पुटिनको उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
खासमा उनले पहिले हात मिलाएका व्यक्ति हुन- राष्ट्रपतिका सैन्य सचिव मेजर जनरल भूदेव परिदा।
उनी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गर्न राष्ट्रपति भवनमा राष्ट्रपतिसँगै उभिएका थिए।
मानिसहरूले पुटिनको कदमको प्रशंसा गरिरहेका छन्।
President of Russia Vladimir Putin receives a Guard of Honour at the Rashtrapati Bhawan in New Delhi
— PIB India (@PIB_India) December 5, 2025
Watch:@rashtrapatibhvn pic.twitter.com/j20wz7hYRd
Shares

प्रतिक्रिया