ग्लोबल


पाकिस्तानी वायुसेनाको दाबी : त्यस रात हामीले भारतका राफेलसहित धेरैवटा लडाकु विमान खसाल्यौँ

पाकिस्तानी वायुसेनाको दाबी : त्यस रात हामीले भारतका राफेलसहित धेरैवटा लडाकु विमान खसाल्यौँ

राफेल (फाइल फोटो)


नेपालखबर
मंसिर १७, २०८२ बुधबार ८:५७, काठमाडौँ

पाकिस्तानी वायुसेना प्रमुख जहिर अहमद बाबर सिद्धुले मे ६ र ७ को रात पाकिस्तानले राफेलसहित धेरैवटा भारतीय विमान खसालेको दाबी गरेका छन्।

बीबीसी उर्दुका अनुसार रिसालपुर सहरमा रहेको पीएएफको असगर खान एकेडेमीमा स्नातक परेडलाई सम्बोधन गर्दै उनले त्यस्तो दाबी गरेका हुन्। 

तर भारतले पाकिस्तानको उक्त दाबी निरन्तर अस्वीकार गरिरहेको छ। बरु उसले द्वन्द्वका क्रममा पाँच पाकिस्तानी लडाकु विमान र एउटा ठूलो विमान खसालेको दाबी गरिरहेको छ।

जहिर अहमद बाबरले भने, ‘जब मे ६ र ७ को राति पाकिस्तानको सार्वभौमिकतालाई चुनौती दिइयो, पाकिस्तानी वायुसेनाले भारतलाई उचित जवाफ दियो र राफेलसहित यसको सबैभन्दा उन्नत लडाकु विमानहरू खसाल्यो।’

उनले अगाडि भने, ‘राफेल विमानको क्षमता पाकिस्तानी वायुसेनाविरुद्ध निष्प्रभावी साबित भयो। संसारले यस्तो सोचेकै थिएन तर पाकिस्तानी वायुसेनाले गरेर देखाएपछि छक्क पर्‍यो।’

पाकिस्तानी वायुसेना प्रमुखले चाहेको भए त्यसबेला भारतलाई अझ बढी क्षति पुर्‍याउन सक्ने दाबी पनि गरेका छन्। 

‘तर हाम्रो एकमात्र उद्देश्य सम्मानका साथ शान्ति स्थापना गर्नु थियो’, उनले भने। 

पहलगाम आक्रमणपछि भारतीय सेनाले मे ६-७ को राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आतंकवादी अखडा रहेको भन्दै हमला गरेको थियो। 

यो कारबाहीलाई भारतले 'अपरेसन सिन्दूर' नाम दिएको थियो। 

तर अमेरिकाको मध्यस्थतामा मे १० मा युद्धविराम भएपछि भारत-पाकिस्तान द्वन्द्व रोकिएको थियो।

यद्यपि भारतले भने यसमा कसैको मध्यस्थता रहेको कुरा अस्वीकार गरिरहेको छ। 

त्यसो त हालै अमेरिकी रिपोर्टले पनि भारतसँगको चारदिने युद्धमा पाकिस्तानको जित भएको दाबी गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad